अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन् : बादल

माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन् : बादल


काठमाडौं – एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गर्नुभयो ।

चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुनः स्थापित हुने दिशामा अघि बढ्ने छौं, उहाँले बताउनु भयो ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गर्नुभयो । उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं’, उहाँले भन्नुभयो ।
– न्युज कारखाना