अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दश बुँदे सहमतिबाट नेतृत्व पछि हट्दैन : महासचिव पोखरेल

दश बुँदे सहमतिबाट नेतृत्व पछि हट्दैन : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताउनु भयो । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पार्नु भयो ।

संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं । पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो, उहाँले बताउनु भयो ।

पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गर्नुभयो । यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानूनी रुपमा पनि जरुरी छ । आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो, उहाँले बताउनु भयो २ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ । – न्युज कारखाना