अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


बुटवल– प्रतिपक्षी दल (नेकपा एमाले) ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए ।

उनीहरूले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।