अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश, अझै के-के गर्न पाइने छैन ?

चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश, अझै के-के गर्न पाइने छैन ?


काठमाडौं – आज बसेको जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकका तीन सीडीओको बैठकले निषेधाज्ञालाई थप खुकुलो तुल्याएका छन् ।

असोज १ गतेदेखि अर्को आदेश नभएसम्म सर्तसहित विभिन्न क्षेत्रहरुलाई खुलाउने निर्णय बैठकले गरेको छ । असोज १ गतेदेखि डीसीसीएमसीसँग समन्वय गरेर स्कूल पनि खुलाउन पाइने भएको छ ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मात्र मनाउने निर्णय पनि भएको आदेशमा उल्लेख छ ।

कोभिड संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह चालक, क्यान्टिन संचालक र पदाधिकारीले अनिवार्य रुपमा खोप लगाउनुपर्ने आदेश पनि जारी भएको छ ।