काठमाडौं -सरकार गठन भएको दुई महिना समेत मन्त्रिपरिषद विस्तार हुन नसकेको अवस्थामा आज बसेको गठबन्धन बैठकले पनि त्यसलाई टुंग्याउन सकेन ।
बैठकमा नेताहरुले आफ्नै आफ्नै दाबी प्रष्तुत गरेपछि भागवण्डा टुंग्याउन कार्यदललाई जिम्मा दिइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार दुई महिनाको अवधीमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको अनुमान गरिए पनि छलफलै नभए जस्तो गरी प्रष्तुत भएको जानकारी दिनुभयो ।
छलफलमा मन्त्रिपरिषद विस्तार नहुँदा आम जनतामा निराशा छाएको,गठनबन्धनको औचित्य पुष्टी हुन नसकेको लगायतका विषयमा छलफल भएको थियो । यसैगरी पार्टी फुटाउने अध्यादेश जतिसक्दो चाँडो निस्क्रिय पार्न माधव नेपाल र उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया