रौतहट- गौर घुँगी टिप्न जाँदा रौतहटमा दुईजना बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार कटहरिया नगरपालिका ६ की १० वर्षीय निशु कुशवाह र बृन्दावन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारीको पोखरीमा डुबेर मृत्यु भएको हो । घरबाट पोखरीमा घुँगी टिप्न जाँदा उनीहरुको पानीमा डुबेका थिए। उनीहरुको घटनास्थ्लमै मृत्यु भएको हो।
बालिकाहरु देवाही गोनाही ७ का वडाध्यक्ष जगरनाथ मुखियाको निर्माणाधीन पोखरीमा डुबेका हुन् ।
शव पोस्टमार्टका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलयका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया