अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरु भयो दसैंका लागि सुपथ मूल्य पसल

सुरु भयो दसैंका लागि सुपथ मूल्य पसल


काठमाडौं- सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन् ।

सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामग्री राख्नेछन् । एलपी ग्यास र पेट्रोलियम सहज उपलब्ध हुने गरि खरिदका लागि निर्देशन दिँदै मन्त्रालयले उपभोक्ताले सहज पाए/नपाएको अनुगमन गर्ने पनि जनाएको छ ।