अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपराधका घटना न्यूनीकरणमा ध्यान दिनुहोलाः मन्त्री शाक्य

अपराधका घटना न्यूनीकरणमा ध्यान दिनुहोलाः मन्त्री शाक्य


हेटौँडा – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका संयोजक समेत रहनु भएका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतिका विषयमा प्रस्तुतीकरण भएको थियो ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्‍न घटनाको प्रतिकृया स्वरुप हुन सक्ने विरोध प्रदर्शन र यसले थप्‍ने सुरक्षा चुनौतिका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिनुभयो । जिकिदै गरेको चाडपर्व ९दशैं तिहार० लाई मध्यनजर गरी हुन सक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको थियो ।

मन्त्री शाक्यलाई स्वागत गर्दै समितिका सबै सदस्यहरुबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । बैठकमा २८ नम्बर बाहिनी सुपारेटारका सहायक रथी जोनसन खड्का, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रशासजंग कार्की, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बरगढीमाई बाहिनीका सशस्त्र प्रहरी नायव महानिरिक्षक मन्दीप श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालयका अनुसन्धान निर्देशक हरिहर पौडेल र जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अयालले प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौतिको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।