अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा मिनेन्द्रले गरेको त्यो भाषण, देउवाको यो हालत (भिडियोसहित)

संसदमा मिनेन्द्रले गरेको त्यो भाषण, देउवाको यो हालत (भिडियोसहित)


काठमाडौं- सर्वोच्च अदालतको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि कांग्रेस, माओवादी र तत्कालिन एमाले नेता माधव नेपाल समूहका धेरै नेताहरु खुशी भएका थिए ।

आफ्नो सरकार बनेको भन्दा पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पाएकोमा नेताहरु खुशी देखिएका थिए । असार २९ मा गठन भएको देउवा सरकारलाई संसदमा विश्वासको मत दिने क्रममा अधिकांशले केपी ओलीलाई गाली र देउवालाई बधाइ दिए ।

त्यसमध्ये एकजना सांसद डा.मिनेन्द्र रिजालले विश्वासको मतको समर्थन गर्दै रोस्टममा गएर केपी ओलीले सरकार चलाउन नजानेको तर अब आफूहरुले सरकार कसरी चलाउनु पर्दछ भनेर देखाइदिने बताउनुभएको थियो । कांग्रेसका बोलक्कड नेतामा गनिनु हुने डा.रिजालको त्यो वाणी अहिले व्यग्यवाण भएर उहाँ माथि नै बर्सेको छ । देउवा सरकार बनेको आज ६६ दिन बित्यो । यस अवधिमा देउवाले जम्मा पाँचजना मन्त्री नियुक्त गर्ने बाहेक केही काम गर्न सक्नुभएन । बरु सरकार दैनिक जनविरोधी काम गरेर बरबादीको बाटोमा हिडेको सबैले देखेका छन् ।

प्रतिपक्षमा हुँदा सरकारलाई सधैं उपदेश दिने कांग्रेसका माननीयहरु गगन थापा र मिनेन्द्रहरु यतिबेला गुमनाम छन् । अझ सरकार कसरी काम गर्छ हामी देखाउछौं भनेर धक्कु लगाउने मिनेन्द्रको बोली नसुनेको धेरै भइसकेको छ ।

मन्तव्यसपछि आसनमा झर्नुभएका रिजाल केहीबेर त्यहीँ निदाउनु भएको थियो । उहाँले सरकार यसैगरी पाँचजना मन्त्रीले चलाउने भन्नु भएको थियो कि अरु कुनै प्रकारको ? त्यसको जवाफ रिजालबाटै जनताले खोजेका छन् ।

रिजालले कांग्रेसको दृष्टान्त सम्झाउँदै भन्नुभएको थियो ‘बीपी कोइरालाको पार्टी हो नेपाली कांग्रेस, शेरबहादुर देउवा सभापति भएको पार्टी हो नेपाली कांग्रेस । त्यसैले जीतमा शालिनता देखाउँछ । नम्रता देखाउँछ । हारलाई पनि शानका साथ स्विकार गर्दछ । कांग्रेसको यो चरित्र हो ।’ करिब १७ मिनेट लामो भाषणमा रिजालले भन्नुभएको थियो, ‘प्रतिपक्ष कसरी चल्छ हेर्दै गरौंला तर, सरकार कसरी चल्छ नेपाली जनताले हेर्नेछन् ।’

मन्तव्यसपछि आसनमा झर्नुभएका रिजाल केहीबेर त्यहीँ निदाउनु भएको थियो । उहाँले सरकार यसैगरी पाँचजना मन्त्रीले चलाउने भन्नु भएको थियो कि अरु कुनै प्रकारको ? त्यसको जवाफ रिजालबाटै जनताले खोजेका छन् ।

केही दिन देखि रिजालको यो भनाइलाई सामाजिक सञ्जालमा व्यंग्य गरेर प्रश्न सोधिएको छ ‘तपाईंहरुले चलाउने सरकार यस्तै हो ?’

आफू मन्त्री हुने लालसमा उत्तेजक भएर भाषण गरेका रिजाललाई ६६ दिनको अवधिमा देउवाले न मन्त्री नियुक्त गर्नुभएको छ न त सरकारका बारेमा उहाँको कुनै प्रतिक्रिया नै आएको छ ।

 

रिजालले के भन्नुभएको थियो ?