अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आशिकराम राई फेला

आशिकराम राई फेला


खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका वृद्ध चार दिनपछि फेला परेका छन् । गत २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका साविकको बुईपा–४ का ८६ वर्षका वृद्ध आशिकराम राई शुक्रबार फेला परेका हुन् ।

अलजाइमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घर परिवारको सदस्यसमेत नचिन्ने अवस्थाका वृद्ध बुईपाकै पञ्चरदोबाटोमा फेला परेका आफन्तले बताएका छन् ।

स्मरण शक्ति कमजोर भएका वृद्ध राईले यदाकदा साइँला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् । – न्यूज कारखाना