उदयपुर– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका प्रतिष्ठित उद्योगपति व्यवसायी चन्द्रप्रसाद ढकालले स्थानीय उद्योगी व्यवसायीहरूसँग उदयपुरको सदरमुकाम गाईघाटमा भेटघाट गर्नु भएको छ ।
कोभिड–१९ का कारण थलिएको अर्थतन्त्रको असर उदयपुरमा परेको अवस्थामा उदयपुरको छोटो भ्रमणको क्रममा स्थानीय व्यवसायी र उद्योगीहरूको मनोबल बढाउन र वैकल्पिक उपायको खोजीका लागि सल्लाह सुझाव दिन वरिष्ठ उपाध्यक्ष ढकाल उदयपुर आएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताउनु भयो ।
कोभिडको दोस्रो भेरियन्टका कारण लामो समयसम्म रहेको लकडाउनले स्थानीयस्तरमा रहेका उद्योग व्यापार व्यवसाय मारमा परेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा सहकार्य गरेर गर्न सकिने उद्योग व्यवसायको सम्भावनाबारे छलफल गर्नुभएको हो ।
उदयपुरमा रहेका एक दर्जन बढी निजी बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले स्थानीय स्तरमा लगानी बढाउन चासो राखेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष भगतले बताउनु भयो । – न्युज कारखाना








प्रतिक्रिया