काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन हुने भएको छ । अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो ।
अनेरास्ववियूका वर्तमान अध्यक्ष महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा नेतृत्वबाट पाएपछि अखिल छाड्न तयार हुनु भएको हो ।
एकीकृत अखिलको संयोजक महर र सहसंयोजक रन्जित तामाङ हुनुहुन्थ्यो । नेकपा एकता बदरपछि पनि महर अध्यक्ष हुनुहुन्थ्यो । सम्मेलनको हिसाबले ऐन महरले आफ्नो कार्यकाल पूरा गरिसकेकाले उहाँलाई बिदा गरेर नयाँ नेतृत्व चयन गर्न लागेको एमाले स्रोतले जनाएको छ ।
अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने बताउनु भएको छ । उहाँका अनुसार नेतृत्वका आकांक्षीहरूबीच छलफल चलिरहेको छ ।
आज महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा अखिलको स्थायी कमिटी बैठक बसिरहेको छ । शनिबारको सचिवालय बैठकले अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी टुंगो लगाउने भट्टराईले जानकारी दिनुभयो ।
अखिल अध्यक्षका लागि हालका उपाध्यक्षमध्ये शैलेस लामाबाहेक रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल अध्यक्षका दाबेदार हुन् ।
त्यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका विद्यार्थी इन्चार्ज भट्टराईले यी चारजनामध्येबाट एकजना अध्यक्ष हुने र बाँकी उपाध्यक्षहरू संगठनबाट बिदा हुने बताउनुभयो ।
अध्यक्षका अर्का दाबेदार समिक बडाललाई भने महासचिव बनाइने भएको छ । २३ औं राष्ट्रिय सम्मेलनबाट निर्विकल्प अध्यक्षका रूपमा बडाललाई खडा गर्न लागिएको अखिल स्रोतले जनाएको छ ।





प्रतिक्रिया