अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालत, निर्वाचन आयोगसँग सेटिङ आउट नभएसम्म संसद अबरुद्ध कायम रहन्छः एमाले नेता अधिकारी

अदालत, निर्वाचन आयोगसँग सेटिङ आउट नभएसम्म संसद अबरुद्ध कायम रहन्छः एमाले नेता अधिकारी


कावासोती- नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले श्रीमान ५ को आदेशले गठन गरेको परमादेश सरकारले सेटिङमा काम गरेकाले संवैधानिक व्यवस्था भत्किएको बताउनुभएको छ ।

आज एमाले नवलपुर दलदलेमा गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । दल भन्दा बाहिर मत हाल्न पाउनु भनेको निर्दलीय अभ्यास भयो । त्यो अदालत, निर्वाचन आयोगको सेटिङले संवैधानिक दायरा नाग्दा एमालेले खबरदारी गर्नु परेको नेता अधिकारीले बताउनुभयो । अहिले तथाकथित गठबन्धनका कारण संसद अवरुद्ध भएको हो । यो सेटिङ नभत्काउदासम्म संसद अवरुद्ध  कायम रहन्छ उहाँले भन्नूभयो- ‘सभामुख हुन नसक्ने कुपात्र अग्नि सापकोटा सभामुख हुँदा संवैधानिक मर्यादा कायम हुन सकेन ।’

चैतमा महाधिवेशन गरौ प्रधानमन्त्री भएका सबैले नेतृत्व छोडौ भन्ने केपी ओलीको प्रस्ताव प्रचण्ड-माधव नेपालले नमान्दा पार्टी र देशले वर्तमान समस्या झेल्नु परेको छ नेता अधिकारी भन्नुभयो– ‘देशी-विदेशी प्रतिकृयावादी नलागेको भए नेकपा टुक्रिने थिएन ।’प्रचण्ड-माधव नेपाल संसद पुनस्र्थापना हुँदा केपी होइन म प्रधानमन्त्री भनेर पार्टीमा कुरा नराख्ने अनि चितवनमा लड्डु खाएर शेरबहादुर देउवा कहाँ पुग्नु भनेकै प्रतिकृयावादीको कित्तामा उभिनु हो । संसद पुनःस्थापना प्रतीक्रान्ति हो उहाँले थप्नुभयो ।