अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए शीर्ष नेताको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए शीर्ष नेताको बैठक


काठमाडौं–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवाद समाधानका लागि शीर्ष नेताहरुलाई छलफलमा बोलाउनु भएको छ ।

प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएपछि उहाँले शीर्ष नेताहरुलाई छलफलका निम्ति दिउँसो ३ बजे बोलाउनु भएको हो ।

सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा राज्यशक्तिको दुरुपयोग गरेर एकलौटी ढंगले वडा अधिवेशन गरेको आरोप लगाउँदै इतर समूह विरोध जनाउँदै आएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सुजाता कोइराला, गगन थापालगायतका नेताहरुले बिहीबार केन्द्रीय निर्वाचन समितिसँग डडेल्धुराको विवादका बारेमा जानकारी लिएका थिए ।

यसअघि भदौ २५ गते सभापति देउवालाई भेटेरै पौडेल समूहले क्रियाशील सदस्यता छानविन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न हुनुपर्ने तथा महाधिवेशनमा राज्यको प्रहरी–प्रशासनको दुरुप्रयोग हुन नहुने भन्दै ध्यानाकर्षण गराएको थियो।