काठमाडौं–पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् ।
हाल देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।





प्रतिक्रिया