अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा नेकपा  एसका दुई मन्त्रीले लिए सपथ

सुदूरपश्चिममा नेकपा  एसका दुई मन्त्रीले लिए सपथ


 कैलाली-सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

शुक्रबार साँझ उहाँहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका प्रदेशसभा सदस्यले जानकारी दिनु भयो ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुनुहुन्छ ।