काठमाडौं -नेकपा एमालेको प्रचार विभागको जिम्मेवारी योगेश भट्टराईले सम्हाल्नु भएको छ ।
आज पार्टी केन्द्रीय कार्यलयमा भएको विभागको बैठकमा प्रदिप ज्ञवालीले भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
पार्टीको संक्रमणकालमा आफूलाई विभागको जिम्मेवारी आएको बताउदै ज्ञवालीले आगामी दिनमा पनि आफ्नो रचनात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जिम्मेवारी लिएपछि भट्टराईले केही दिन भित्र विभागको बैठकले पार्टी सञ्चार रणनीतिका बारेमा ठोस योजना बनाउने उल्लेख गर्नुभयो । पार्टीमा १० बुँदे सहमति लागु भएपछि २०७५ जेठ २ अघिका जिम्मेवारी नेताहरुले क्रमश सम्हालिरहेका छन् । पार्टी नवौं महाधिवेशन पछि सचिव भट्टराई प्रचार विभाग प्रमुख र सूर्य थापा उपप्रमुख हुनुहुन्थ्यो ।
अब पनि भट्टराई प्रमुख र थापा उपप्रमुख हुनुभएको छ ।







प्रतिक्रिया