काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गर्नुभएको छ ।
नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिनुभएको छ । उहाँले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गर्दै फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलीले छोराछोरीसँग बोलेजस्तो लागेको जनाउनुभयो ।
फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि उहाँले उल्लेख गर्नुभएको छ । करिश्माले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै ओलीलाई धन्यवाद दिनुभएको छ । उहाँले ओलीलाई बुवा भनेर सम्बोधन गर्नुभएको छ ।







प्रतिक्रिया