अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा चिसो बढ्यो

काठमाडौंमा चिसो बढ्यो


काठमाडौं– काठमाडौंमा चिसो बढ्न थालेको छ ।

केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ ।

दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो बढ्न थालेको मौसमविद्ले बताएका छन् । दिन र रात बराबरी जस्तै हुने समयमा बिहान र बेलुका चिसो हुने र दिउँसो घाम लागेको बेला गर्मी हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोआज बिहान र बेलुकाको न्यूनतम तापक्रम पनि केही घटेको छ ।

अबको केही दिनको न्यूनतम तापक्रम यसकै हाराहारीमा रहने पनि मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यसैबीच आज वाग्मती, प्रदेश १, २ र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

मौसमी न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको मानन्धरले बताउनुभयो । देशका अरु ठाउँको मौसम भने सामान्यदेखि आंशिक बद्ली भएर सामान्य खालको पानी पर्ने सम्भावना छ । आज दिनभरि नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन ।