अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फरार अभियोगी १५ वर्षपछि पक्राउ

फरार अभियोगी १५ वर्षपछि पक्राउ


बनेपा–प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार ममीना १२ दिन कैदसहित रु. ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए । फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा-६ स्थायी घर भएका ६८ वर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौं जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।