काठमाडौँ – नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमलाको नेतृत्वमा बहुमत केन्द्रीय कमिटी नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश गर्ने भएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलामा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन समाहित भएको हो । उपाध्यक्ष धमलासहित १९९ सदस्यीय केन्द्रीय समितिमा महासचिव लगायत एक सय जना सदस्य अर्थात बहुमत सदस्य समाहित भएका छन ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र महासचिव प्रभातप्रसाद साहसहित केन्द्रीय कमिटीका एक सय भन्दा बढी नेपाल निजामति कर्मचारी संठनमा समाहित भएका कर्मचारी नेताहरू आजैबाट सुरू भएको राष्ट्रिय भेलामा सहभागी भएका छन ।







प्रतिक्रिया