अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी, गाली खाने केपी ओली : प्रदीप ज्ञवाली

एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी, गाली खाने केपी ओली : प्रदीप ज्ञवाली


 

काठमाडौं – टोखाको नयाँ किरण समूह (न्हुँजःखलः)ले काठमाडौंमा आयोजना गरेको ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्नु हुँदै नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिनुभएको छ ।

हिजो दिनमा एमाले नेतृत्वको सरकारले एमसीसी अघि बढाउन खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलका नेताहरुले सडकमा आगो बाल्ने र सम्झौता गर्ने उहाँहरु, गाली खाने केपी ओली, हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु । यदी एमसीसी गलत थियो भने सम्झौता किन गर्नुभो तपाईंहरुले ? प्रश्न गर्नुभएको छ ।

ज्ञवालीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने बेला वर्तमान सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा, त्यो बेलाका अर्थंमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री, गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्थ्यो ।

प्रचण्ड र माधवकुमार नेपालहरुले एमसीसीलाई बिगतमा केपी ओलीविरुद्ध दाउपेचको विषय बनाएको भन्दै अब सरकारले एमालेको सहयोगबिना पनि पारित गर्न सक्ने ज्ञवालीले बताउनु भएको छ ।