काठमाडौँ -काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने भियानमा लागेको बताउनु भएको छ ।
आज उहाँकै गृह वडा वडा नम्रब–२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडामा सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकता दिएका छ,’ शाक्यले भन्नुभयो, ‘भएका सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको छ ।’
उहाँले काठमाडौँ महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचनालाई जीवन्न राख्नका लागि परेको पनि बताउनुभयो । ‘काठमाडौँ मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने वित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भन्नुभयो, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौँ काठमाडौँबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’
उहाँले त्यसको अन्त्य गर्दै काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताउनुभयो । उहाँले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वद्र्धन गरी काठमाडौँ घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराउनुभयो । ‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा अघि बढेका छौँ,’ उहाँले भन्नुभयो, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’
उहाँले आफ्नो टीम निर्वाचित भएर आएपछि नै यहाँको सम्पदा संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्ने नीति लिएको बताउनुभयो । ‘हामी अहिले त्यहि अनुसार काम गर्दै आइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले मूत–अमूर्त सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने अभियानमा महागनरपालिका लागेको छ । काठमडौँ महानगरपालिकाले गरेको कामलाई संघीय र प्रदेश सरकारले पनि सहयोग गरेको छ ।’
उहाँले महानगरपालिकाले लिएको नीतिलाई आत्मसाथ गर्दै प्रदेश र केन्द्रीय सरकारले यहाँका सम्पदा संरक्षण सम्वद्र्धनमा बजेट विनियोजन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले हरेक वर्ष भौतिक पूर्वाधारपछि सबै भन्दा बढी बजेट सम्पदा संरक्षण सम्वद्र्धन र पुनर्निर्माका लागि व्यवस्था गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘यद्यपि कतिपय अवस्थामा सम्पदा पुर्ननिर्माणको कामलाई हामीले पुरातत्व विभाग, गुठी संस्थानलगायतसँग समन्वय नहुँदा दूर्तरुपमा अघि बढाउन सकेका छैनौँ ।’
उहाँले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क निर्माण गर्ने र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताउनुभयो ।
वडा–२१ मै केही दिन अघि मात्रै पनि त्यहि आसपास क्षेत्रमा प्रमुख शाक्यले महादेव मन्दिरको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी केही दिन अघि पनि प्रमुख शाक्यले सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्नुभएको थियो । ‘आज मात्रै पनि हामीले काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित इनाखा गणेश मन्दिरको उद्घाटन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यो पुरानो र ऐतिहासिक मन्दिर हो । विभिन्न कारणले भग्नावशेष भएको यो मन्दिर पहिला ढलान निर्माण भएको थियो । अहिले हामीले ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पुर्ननिर्माण गरेका छौँ ।’
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा सदैव साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । आज उद्घाटन गरिएको मन्दिर काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुर्ननिर्माण भएको हो ।
प्रतिक्रिया