अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो

रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो


रुकुमपूर्व–सडक पूर्वाधार विकास कार्यालयले हालसम्म जिल्लामा २० किलोमिटरभन्दा बढी सडकका नयाँ ट्रयाक खुलाइएको छ । २०७६ पुस २४ मा जिल्लामा स्थापना भएको कार्यालयले हालसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्रयाक खुलाएको हो ।

यसैगरी १५ किलोमिटर ६४ मिटर सडक स्तरोन्नति गरिएको  कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकाका सल्ली, बिसौना, काग्खोला र तीपई दोभानमा १२० मिटरभन्दा लामा तीन झोलुङ्गे पुल निर्माण गरिएको र भूमे गाउँपालिकाको दोमै दोभानको एउटा झोलुङ्गे पुलको मर्मत गरिएको छ । चार वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेका र सिस्ने तथा भूमेको सिमाना बालुमा पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताउनुभयो ।

आर्थिक वर्ष २०७२/७३ मै काम शुरु भए पनि अलपत्र रहेका ८० मिटर पुलको  जिल्लामै कार्यालय स्थापना भएपछि ९० प्रतिशत काम भइसकेको र रुकुमगाड खोलामा २५ मिटर लामो पुलको ५० प्रतिशत काम भएको छ भने सिस्ने गाउँपालिका–७ को नाथिगाड खोला र भूमे गाउँपालिकास्थित थबाङ खोलामा निर्माण हुने पुलको सम्झौतासमेत भइसकेको कार्यालयले जनाएको छ ।

सम्पन्न भइसकेका र निर्माणाधीन अवस्थामा रहेका सहित हालसम्म योजनाका सङ्ख्या ३५ छ । आव २०७६/७७ र २०७७/७८ मा गरी रु.३६ करोड ७५ लाख २७ हजार बजेट विनियोजन भएकामा अहिलेसम्म रु.२७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको जनाइएको छ । यस्तै चालूतर्फ रु. १ करोड २६ लाख ९८ हजार बजेट विनियोजन भएकामा रु. ९८ लाख ४१ हजार खर्च भएको छ ।