काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असहज बेलामा माओवादीका कर्मचारी एमाले प्रवेश गरेकामा खुसी व्यक्त गर्नुभएको छ ।
सहज अवस्थामा आउने मागबहादुर भन्दा अप्ठ्यारो अवस्थामा साथ दिने कामबहादुर आफूहरुलाई चाहिएको अध्यक्ष ओलीको भनाइ छ ।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल निजामती कर्मचारी संगठनलाई कमजोर बनाउन अनेक कसरत हुने बताउँदै त्यसको प्रतिवाद गर्न अपिल गर्नुभयो ।
सरकारले कर्मचारीलाई भेदभावपूर्ण सरुवा गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया