काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र माधव नेपाल फ्रिजबाट निकालिएका डल्ला भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा शनिबारदेखि सुरु भएको नेपाल निजामती कर्मचारी संगठनको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, १५ महिनापछि हराउँछन्, चिन्ता लिनुपर्दैन ।’
अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकार अस्वभाविकरुपमा गठन भएको भन्दै जनताको नेतृत्व गर्न नसक्ने जिकिर गर्नुभयो ।
सरकारले दुई महिना नबित्दै उहाँले कर छली जस्ता अराजनीतिक कार्यमा संलग्न भएको आरोप लगाउनुभयो ।







प्रतिक्रिया