काठमाडौं -नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवले उपद्रो मच्चाएपछि संसद विघटन गर्नु परेको बताउनुभएको छ ।
अनेरास्ववियूको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलो पटक कामै गर्न नदिने वातावरण नभएपछि पुष पाँचमा संसद विघटन गरेको स्पष्ट पार्नुभएको छ । ‘दोस्रो पटक मैले विघटन गरेको होइन,नयाँ सरकार बन्न नसकेपछि संविधानत संसद विघटन भएको हो’ अध्यक्ष ओलीले भन्नुभयो ।
अनेरास्ववियूले जेठ २ र दश बुंदेको पछि लाग्नु नहुने बताउनुभयो । ‘२०७५ जेठ २ को विद्यार्थी कहाँ खोज्नु । कुन क्याम्पसमा होला । त्यती बेलाको विद्यार्थी अहिले सेक्सन अफिसर भइसकेको होला । कोही कहाँ पुगेको होला ? अनि जेठ २ भनेर हुन्छ ?’ अध्यक्ष ओलीको प्रश्न छ ।
जेठ २ भनेको कामलाई गतिदिनलाई भएको अल्मल्याउनका लागि नभएको स्पष्ट पार्नुभएको छ ।
प्रतिक्रिया