अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


काठमाडौं – २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० पीसीआर परीक्षणमा ८३५ जना र २ हजार ८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार २३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११/११ जना संक्रमित भेटिएका छन् ।