अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु


 

चरिकोट – दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा३ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।