काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम देशभर सामान्यतया सफादेखि आंशिक धेरैजसो खुलेको, केही ठाउँमा बादल लागेको छ। तत्काल कतै पानी परेको छैन।
महाशाखाका अनुसार बिहान १०÷११ बजेदेखि साँझ ६ बजेसम्म मौसम देशभर आंशिकदेखि सामान्य बदली र , बाँकी खुलेको बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया