अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जथाभावी पदक

प्रचण्ड पत्नीलाई प्रसिद्ध प्रबल जनसेवाश्री, पदकमा देउवा, नेपाल र प्रचण्डका आसेपासे, परमादेश न्यायाधीशलाई पुरस्कार

प्रचण्ड पत्नीलाई प्रसिद्ध प्रबल जनसेवाश्री, पदकमा देउवा, नेपाल र प्रचण्डका आसेपासे, परमादेश न्यायाधीशलाई पुरस्कार


काठमाडौं– संविधान दिवसका अवसरमा शेरबहादुर देउवा सरकारले वितरण गरेको पदक विवादित भएको छ ।

देउवा सरकारले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरुलाई पदक दिएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहालले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउनुभएको छ ।

देउवालाई साथ दिएका झलनाथ खनालले राष्ट्र गौरव पाउनुभएको ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई महाउज्ज्वल राष्ट्रदीप दिइएको छ ।

परमादेश दिलाउन हात धोएर लागेका अधिवक्ताहरु रमनकुमार श्रेष्ठ र गोविन्द बन्दीले सुकीर्तिमय राष्ट्रदीप पाउनुभएको छ ।

कांग्रेस निकट पत्रकाहरु तारानाथ दाहाल, सुरेश आचार्य, प्रतीक प्रधान, हरिविनोद अधिकारी, अजयबाबु शिवाकोटी, कविर राणा, अनिता विन्दु, माओवादी नजिक ओम शर्मा, महेश्व दाहाल, प्रचण्ड नजिक कृष्णज्वाला देवकोटालगायतले पदक दिएका छन् ।