अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदक पाएका न्यायाधीशलाई नेम्वाङको सुझाव- ‘पदक फिर्ता गर्नुहोस्’

पदक पाएका न्यायाधीशलाई नेम्वाङको सुझाव- ‘पदक फिर्ता गर्नुहोस्’


काठमाडौं- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसको दिन सरकारले वितरण गरेको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई सुझाव दिनुभएको छ ।

संविधान दिवसको अवसरमा नेकपा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले प्रधानमन्त्री पदबाट केपी ओलीलाई हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्धा हाल्ने वकिल सबै पुरस्कृत हुनुले फैसलाप्रतिको शंकामा थप बल पुगेको बताउनुभएको छ ।

नेम्वाङले भन्नुभयो, ‘माननीय न्यायाधीशहरुले यो पदक फिर्ता गर्नु राम्रो हुन्छ ।’