काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसका दिन सार्वजनिक गरेको पदक आफूखुसी गरेको भन्दै असन्तुष्टि जनाउनुभएका छन् ।
‘कस्ता भोका पुगेका छन् भन्ने देखिएको छ, कसैका बालाई, कसैका श्रीमतीलाई सम्मान । गएको वर्ष पनि कसैका छोरा, कसैको छोरी आफन्तलाई दिइएको थियो,’ उहाँको भनाइ थियो, ‘आज संविधान दिवस हो, बाउको, श्रीमती, छोराको मुख हेर्ने दिन हो ? कस्तो लालसा, कस्तो भोक, कस्तो अतृप्ती ? ती विभूषणहरु लजाइरहेका छन्, कस्ता कस्ताको घाँटीमा जानुपर्ने भनेर, बोल्न सक्ने भए उफ्रिन्थे ती ।’
अध्यक्ष ओलीले परमादेश सरकारका लागि अदालत पुग्ने झगडीया, मुद्दा हाल्ने, तथानाम गर्नेहरु सम्मानित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिताइदिने हराइदिने सबैलाई पदक ।’







प्रतिक्रिया