अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरीमा डुबेर वीरगञ्जमा दुई जनाको मृत्यु

पोखरीमा डुबेर वीरगञ्जमा दुई जनाको मृत्यु


वीरगञ्ज-वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।

वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए ।

मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो । त्यसपछि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।