काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि फेरि १ बजे बस्ने भएको छ ।
आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश भएको एमाले प्रचास-प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार आजको बैठकमा युवराज ज्ञवाली, पुष्प कँडेल र केशव बडालले आफ्नो विचार राखेका थिए भने भोलि बाँकी स्थायी कमिटी सदस्यले बोल्नेछन् ।







प्रतिक्रिया