काठमाडौं–भोलिदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, रसुवा, जुम्ला, हुम्ला, डोल्पा, मुगु, दार्चुला र बाजुराका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो ।
यसैगरी काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइने भएको छ ।
सरकारले मनाङ, मुस्ताङ र रुकुम पूर्व बाहेकका जिल्लामा असोज ४-१४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४-१४ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्लाका रुपमा घोषित भइसकेका छन् ।
प्रतिक्रिया