अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आरकेस्ट्रा’ को विषयमा झडप हुँदा एकको मृत्यु, दुई घाइते

आरकेस्ट्रा’ को विषयमा झडप हुँदा एकको मृत्यु, दुई घाइते


महोत्तरी-महोत्तरीमा आरकेस्ट्रा विषयको विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका वडा-२ तरहारीको ५० वर्षीय रामप्रसाद यादव छन् । उनका दुई छोरा पनि झडपमा घाइते भएका छन् ।

शनिबार राति सोनमा गाउँपालिका–७ सुन्दरपुर मैनटोलमा आयोजित आर्केस्ट्रा नाच हेर्ने क्रममा विवाद हुँदा मृतक यादवका छोरा सरोज यादवमाथि कुटपिट गरी स्थानीय मलेठी सदाले मोबाइल खोसेका थिए।

सोही निहुँमा कुटिएका युवाका अभिभावक र गाउँका अन्य व्यक्तिहरू आइतबार बिहान साढे ११ बजे सदाको घर सुन्दररपुरमा किन कुटेको भन्दै गुनासो गर्न गएपछि झडप भएको हो।

झडपको क्रममा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा गौशाला स्वास्थ्यचौकीमा मृत्यु भएको इलाका प्रहरीका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनु भयो ।  बस्यालका अनुसार मृतकका छोरा सरोज यादव र मनोज यादव घाइते भएका छन् ।

आक्रमण गर्ने पक्षका दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरपुरका मलेसि सदा र नथुनी सदा रहेको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताउनु भयो ।