काठमाडौं -राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाही सहित दैलेख जिल्ला र पालिका कमिटीबाट सयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई एमालेमा प्रवेश गराउनुभएको छ । पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसरी प्रवेश गर्नेहरुमा दैलेख जिल्ला अध्यक्ष अम्बर बहादुर नेपाली,उपाधक्ष्य कविराज खत्री,सचिव रामबहादुर रावत लगायत जिल्ला कमिटीका सवै र पालिका तहका सबै पदाधिकारी तथा सदस्य गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आफूहरु नीति कार्यक्रम र जनमुखी कामबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको शाहीले बताउनुभयो । अध्यक्ष ओलीले पार्टी प्रवेश गरेकाहरुलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभएको छ ।







प्रतिक्रिया