काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
दिउसो १ बजे ललितपुर स्थित तुल्सीलाल स्म्ृति प्रतिष्ठानमा बैठक बस्ने जनाइएको छ ।
बैठकमा आगामी विधान महाधिवेशनमा प्रष्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको बारेमा स्थायी कमिटीका नेताहरुले धारणा राख्नुहुनेछ । हिजो चारजना नेताहरुले यस विषयमा धारणा राख्नुभएको छ । आज अन्य सदस्यहरु पनि धारणा राख्नुहुने प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिनुभयो ।
स्थायी कमिटीले प्रतिवेदन पास गरेपछि असोज ८ र ९गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ । केन्द्रीय कमिटीले अनुमोदन गरेपछि असोज १५ गते देखि सुरु हुने महाधिवेशमा ति प्रतिवेदनहरु पेश गरिने नेताहरुले जनाएका छन् ।
प्रतिक्रिया