अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई सयले घट्यो सुनको मूल्य

दुई सयले घट्यो सुनको मूल्य


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य रु.दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु.८९ हजार एक सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु.८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु.८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार रु.८८ हजार ६५० मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु.१५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु.१ हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु. १ हजार १५० थियो ।