काठमाडौं -१४ सांसदमाथि कारबाही र माधव नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि अहिले सुनुवाइ भइरहेको छ।
तत्कालीन नेकपा एमाले सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेले संसदमा सिफारिस गरेको थियो।
तर सभामुखले १३ दिन रोकेर त्यस पत्रमाथि केही गर्नु नपर्ने भन्दै कारबाहीको सूचना टाँसेका थिएनन्।
यस्तै पार्टीले कारबाही गर्ने निर्णय गरे पनि तिनै सांसदको संख्यालाई आधार मानेर निर्वाचन आयोगले नेकपा ९एकीकृत समाजवादी० दल दर्ता गरिदिएको थियो।
यसरी गरिएको दल दर्ता अवैधानिक भन्दै ओलीले एकीकृत समाजवादी दल खारेज गर्न समेत माग गर्नुभएको छ ।
सोमबार भने दोस्रो र तेस्रो नम्बरमा दुवै रिट छन्। दुवै रिटमाथि एकसाथ सुनुवाइ भइरहेको हो।
प्रतिक्रिया