काठमाडौं-नेकपा एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक शुरू भएको छ । हिजोदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल थालिएको छ ।
विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथिको छलफलमा बैठक केन्द्रित छ । यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आइतबार स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राख्नुभएको थियो ।
बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया