काठमाडौं–नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमा अध्यक्ष केपी शर्मा ओलीलाई भोलिको दिनमा पार्टी अध्यक्षभन्दा माथिल्लो वरियतामा राख्न मिल्ने प्रावधान ल्याइएको छ ।
एमालेको प्रस्तावित विधानले पार्टीको निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने व्यवस्था गरेको छ । वरिष्ठ नेताको वरीयता अध्यक्षपछिको दोस्रो रहने भनिएकोमा निवर्तमान अध्यक्षलाई वर्तमान अध्यक्षभन्दा माथिल्लो वरियतामा समेत राख्न सकिने बाटो खोलिएको छ ।
संशोधित विधानको धारा १५ को उपधारा ३ मा भनिएको छ– ‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन् ।’ तर, सोही उपधारामा अगाडि थपिएको छ, ‘महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ ।
यो विधानको प्रावधानअनुसार भोलि महाधिवेशनमा ओलीबाहेक अरू कुनै नेता अध्यक्ष भएको खण्डमा वरिष्ठ नेता ओली दोस्रो वरियतामा नबसी अध्यक्षभन्दा माथिको पहिलो वरियतामा बस्न पनि मिल्ने र कार्यकारी अध्यक्ष चाहिँ दोस्रो वरियतामा बस्नुपर्ने उल्लेख गरिएको छ । तर यो प्रावधानलाई महाधिवेशनले पारित गर्नु पर्छ ।







प्रतिक्रिया