काठमाडौं -एमालेको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव इश्वर पोखरेलको सांगठनिक प्रतिवेदन पेश गरिएको छ ।
स्थायी कमिटीमा छलफलका लागि पेश गरिएको प्रतिवेदनहरुलाई स्थायी कमिटीका सदस्यहरुले आफ्नो राय राख्ने क्रममा छन् । अध्यक्ष ओलीको प्रतिवेदनमा अदालतका पछिल्लला फैसलाहरु सेटिङ को आधारमा आएको उल्लेख छ । यसैगरी महासचिव इश्वर पोख्रेलको प्रतिवेदनमा पुष ५ को संसद विघटनपछि एमालेमा थप आकर्षण बढेको उल्लेख छ । त्यसबेला ५ लाख पार्टी सदस्य भएकोमा अहिले ६ लाख पुगेको पोखरेलको प्रतिवेदनमा उल्लेख छ ।







प्रतिक्रिया