धरान-धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यालय खोल्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिनुभयो ।
कटुवालले भन्नुभयो, ‘संक्रमणको जोखिम आजको दिनसम्म पनि कम भइसकेको छैन । जोखिमका कारण अभिभावकहरु पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउन डराइरहनु भएको छ ।’
उहाँका अनुसार उपमहानगरपालिकामा सामुदायिक विद्यालय ४५, विशेष विद्यालय ४, धार्मिक ६ र संस्थागत ९६ वटा विद्यालय सञ्चालित रहेका छन् ।
प्रतिक्रिया