अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा पत्र

कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिनुभएको छ ।

आयोग सदस्य शाहीले असोज १ गते नै राजीनामा पठाउनु भएता पनि बीचमा सार्वजनिक विदा परेकाले सोमबार मात्र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएउनुभएको हो ।

योजना आयोगका सदस्य शाहीले नेपालमा विकास भएको पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यावहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यको जिम्मेवारीबाट राजीनामा दिएको बताउनु भयो ।

राजीनामा पत्रमा योजना आयोग सदस्य शाहीले भन्नुभएको छ, ‘कर्णाली प्रदेश सरकारले म माथि विश्वास गरी कर्णाली प्रदेश योजना आयोगको सदस्यको जिम्मेवारी प्रदान गरी कार्यकालको महत्वपूर्ण अवधि पूरा गर्ने अवसर प्रदान गरेकोमा माननीय मुख्यमन्त्री र कर्णाली प्रदेश सरकार प्रति आभार ब्यक्त गर्दछु । यो अवधिमा मैले आफ्नो क्षमताले भ्याएसम्म कर्णाली प्रदेशको नीति, कार्यक्रम, पञ्चवर्षीय योजना, विभिन्न गुरुयोजनाहरू, बजेट लगायत योजना सम्बन्धी महत्वपूर्ण डकुमेन्टहरू निर्माण, योजना आयोगका अन्य कामहरूको सम्पादन तथा नीति सुझाव सल्लाह दिइ योगदान गरेको छु ।’

उहाँले प्रदेश सरकार र योजना आयोगले आवश्यक महसूश गरेमा आफू नीति र योजना निर्माणका कार्यमा स्वयंसेवी रूपमा योगदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।