काठमाडौं– आज देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
थप २ हजार ९५७ जना संक्रमित निको भइसकेका छन् । कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् । नेपालमा पछिल्लो तथ्यांकअनुसार निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २९८, झापामा १५९, भक्तपुरमा ६३ र मोरङमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा ४४, रुपन्देहीमा ३७, ललितपुर र कैलालीमा ३५/३५ जना, काभ्रेपलाञ्चोकमा २८, चितवनमा २२, बागलुङमा २१, नुवाकोट र कास्कीमा १७/१७ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया