सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गर्नुभएको हो ।
उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।





प्रतिक्रिया