अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रस्ताव सबै पदाधिकारी निर्वाचित हुने, उपाध्यक्ष अब तीन जना मात्रै

एमालेको प्रस्ताव सबै पदाधिकारी निर्वाचित हुने, उपाध्यक्ष अब तीन जना मात्रै


काठमाडौं- नेकपा (एमाले) ले पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने भएको छ । यसअघि अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने व्यवस्था सहितको प्रस्ताव ल्याइएको थियो ।

विधान महाधिवशेनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न चलेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले पछिल्लो पटक आएको विधान संसोधन सम्बन्धी प्रस्ताव मुलतः नवौं महाधिवेशनकै निरन्तरता भएको बताउनुभयो ।

‘नवौं राष्ट्रिय माहाधिवेशनकै निरन्तरता छ,’ उहाँले भन्नुभयो, ‘संघीयता अनुसारको विधान पनि आएको छ । अहिले सबै पदाधिकारी हलबाट निर्वाचित हुने भन्ने प्रस्ताव राखेका छौं ।’

उपाध्यक्ष तीन जना मात्रै रहेन व्यवस्था नयाँ प्रतिवेदनमा गरिएको भट्टराईले जानकारी दिनुभयो । यसअघि ७ जना उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।