अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठकले तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरिने

एमाले स्थायी कमिटी बैठकले तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरिने


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

हिजोदेखि सुरु भएको बैठक विधान महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल गरेर आज सकिएको हो । बैठकले ती तीनवटै प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

स्थायी कमिटी सदस्यले दिएका सुझावलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय भएको सचिव भट्टराईले जानकारी दिनुभयो । एमाले केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ ।

केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावलाई समेटेर तीनवटै प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने पनि उहाँले बताउनुभयो । केन्द्रीय कमिटी बैठक लगत्तै एकपटक फेरि स्थायी कमिटी बैठक पनि बस्ने भट्टराईले जानकारी दिनुभयो ।